बाँसघारीमा लुकाएर राखेको पेस्तोल बरामद

बाँसघारीमा लुकाएर राखेको पेस्तोल बरामद

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

मोरङ, २७ माघ ।

बाँसघारीमा लुकाएर राखिएको बेवारिसे एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन प्रहरीले बरामद गरेको छ ।

विराटनगर उपमहानगरपालिका–२० स्थित दरैया बस्तीमा विष्णु अधिकारीको घरनजिकैको बाँसघारीमा लुकाएर राखेको एकथान पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने एक थान म्यागेजिन प्रहरीले मङ्गलबार साँझ बरामद गरेको हो ।

बाँसघारीमा पेस्तोल देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । पेस्तोल खिया लागेको अवस्थामा भएकाले कसैले लामो समयदेखि बाँसघारीमा लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

बरामद पेस्तोलबारे थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ