कांग्रेस नेता आचार्यलाई दिल्ली लगिदै

कांग्रेस नेता आचार्यलाई दिल्ली लगिदै

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ, २७ माघ ।
मस्तिष्का घात भएपछि थप उपचारका लागी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नरहरि आचार्यलाई दिल्ली लैजाने तयारी गरिएको छ ।

उहाको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिए पछि दिल्ली लाने विषयमा तय हुने बताइएको छ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले त्यसको समुन्वय गरिरहनु भएको छ ।

आचार्यको अहिले स्थिर अवस्थामा बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्काको बाँया तर्फ रगत जमेकाले तत्काल शल्यक्रिया गर्न सम्भव नभएपछि स्थिर अवस्थामा नै उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

महाराजगन्जमा स्वर्गीय सुशिल कोइरालालाई श्रद्धान्जली दिएर फर्किने क्रममा उहाँ अचानक बेहोस भएर ढल्नुभएको थियो । २५ वर्षदेखि उच्च रक्तचापको समस्या भोगिरहनु भएका आचार्यलाई हिजो बिहानदेखि बोल्न समेत समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ