कोइरालाको नेतृत्वमा भएको उपलब्धिलाई कार्यान्वयन गनुपर्र्छ : पूर्वराष्ट्रपति

कोइरालाको नेतृत्वमा भएको उपलब्धिलाई कार्यान्वयन गनुपर्र्छ : पूर्वराष्ट्रपति

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, २६ माघ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सङ्घीय गणतन्त्र नेपालको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताउनु भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी गरेर प्राप्त उपलब्धिलाई काँग्रेसले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्दा नै मुलुकले शान्ति र स्थायित्व प्राप्त गर्नाका साथै राजनीतिक निकास समेत पाउनेछ ।”
यसैबीच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि काँग्रेस कार्यालय सानेपा पुगेर कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ