तामाङ समुदायले साँस्कृतिक पर्व ल्होछार धुमधामका साथ मनाउदै

तामाङ समुदायले साँस्कृतिक पर्व ल्होछार धुमधामका साथ मनाउदै

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ २६ मााघ । 

तामाङ समुदायले आफ्नो साँस्कृतिक पर्व ल्होछार धुमधामका साथ मनाउदै छन् । नेपाल लगायत विश्वभरी रहेका तामाङ समाुदायले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

ल्हो को अर्थ वर्ष र छारको अर्थ नयाँ हो । यसार्थ यसलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ । यो वर्ष भेडा वर्ग लाई बिदाइ गरी बाँदर वर्गलाई स्वागत गरिदैछ ।

ल्होछारका अवसरमा मान्यजनबाट शुभकामना र आर्शिवाद लिने गरिन्छ । हरेक वर्षको माघ शुक्ल प्रतिपदामा मनाइने यस पर्वलाई पछिल्लो समय ताङ समुदायले पहिचानको आन्दोलनका रुपमा पनि मनाउदै आाएका छन् ।

ल्होछार अवसरमा ल्होछार मुल समारोह समितिकोे आयोजनामा काठमाण्डुको टुँडीखेलमा महोत्सव भइरहेको छ । यसैक्रममा आज बिहान तामाङ समुदायको पहिचान झल्किने सांस्कृतिक झाँकी सहितको र्याली निकालिदैछ ।

हरेक १२ बर्षमा युग परिर्वतन हुने र परिर्वतन हुने बर्षलार्ई १२ वटा जन्तुको प्रतीकको रुपमा लिने गरिन्छ । यो पर्व नेपाल लगायत चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्याण्ड, भुटान, जापान लगायतका देशमा पनि मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ