काँग्रेसको आकस्मिक बैठक बिहान ११ बजे,महाधिवेशनका सबै कार्यक्रम स्थगित

काँग्रेसको आकस्मिक बैठक बिहान ११ बजे,महाधिवेशनका सबै कार्यक्रम स्थगित

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २६ माघ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनका कारण नेपाली काँग्रेसले पार्टीको आसन्न १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

कोइराला निवासमा पुग्नुभएका पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनसम्बन्धी पार्टीका सबै कार्यक्रम हाललाई स्थगन गरिने जानकारी दिनुभयो ।

यसैबीच सभापति कोइरालाको निधनपछि उत्पन्न परिस्थितिका बारेमा आवश्यक निर्णय गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ११ बजे बस्ने पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले बताउनुभयो ।

नेपाली काँग्रेसले एक विज्ञप्ति प्रकाशन गरी कोइरालाको निधनबाट सिङ्गो देश, नेपाली जनता र पार्टी पङ्क्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ