काठमाडौँ, २५ माघ ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले मुलुकमा संविधान कार्यान्वयन गर्न युवा वर्गको सहयोगको खाँचो औँल्याउनुभएको छ ।
युवा सङ्घ नेपालले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयको जनताको सङ्घर्ष र प्रयत्नबाट प्राप्त भएको लोकतान्त्रिक संविधानलाई लागू गर्नसकेमा सबैको अधिकार सुनिश्चित हुने बताउनुभयो ।
सोही पार्टीका नेता रवीन्द्र अधिकारीले युवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै अनेरास्ववियुको आसन्न राष्ट्रिय सम्मेलनलाई सफल बनाउन युवा सङ्घको सहयोगको अपेक्षा गर्नुभयो ।
युवा सङ्घका सह इञ्चार्ज निरु पाल, युवा सङ्घका अध्यक्ष राजीव पहारी, युवा सङ्घका उपाध्यक्ष दिलु पन्तलगायतले राष्ट्र निर्माणमा युवा समुदायको महत्वपूर्ण भूमिका हुने हुँदा उनीहरुलाई उत्पादनशील कार्यमा लगाउन सक्नु पर्नेमा जोड दिनुभयो ।
सोही सङ्गठनका प्रवक्ता प्रभातविक्रम कट्ुवालले अनेरास्ववियुको हुन लागेको सम्मेलनमा आफ्नो संस्थाले सांस्कृतिक झाँकीसहित पदयात्रा गरिने जानकारी दिनुभयो ।