अन्तरलिङ्गी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला सुरु

अन्तरलिङ्गी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला सुरु

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २५ माघ ।

नेपालमा रहेका अन्तरलिङ्गी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला सुरु भएको छ ।

अन्तरलिङ्गी समुदायको समस्यालाई राष्ट्रियस्तरमा उठाउने र जानकारी गराउने उद्देश्यले नीलहिरा समाजले आयोजना गरेको उक्त कार्यशालामा समाजका अध्यक्ष पिङ्की गुरुङले अन्तरलिङ्गीका समस्याका बारेमा छलफल गरिने बताउनुभयो ।

समाजका कार्यकारी निर्देशक मनिषा ढकाल तथा उपनिर्देशक परशुराम राईले परिवार, समाज र राज्यबाट विभेदमा परेका अन्तरलिङ्गी व्यक्तिको मुद्दा समग्र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रकै साझा मुद्दा भएको बताउनुभयो ।

देशभरका विभिन्न स्थानका अन्तरलिङ्गी व्यक्तिको सहभागिता रहेको उक्त कार्यशाला भोलिसम्म चल्नेछ । दुबै यौनाङ्ग लिएर जन्मेका र यौनाङ्ग अस्पष्ट भएका व्यक्तिलाई अन्तरलिङ्गी भनिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ