पशुपतिनाथका भट्टलाई हवाई टिकट

पशुपतिनाथका भट्टलाई हवाई टिकट

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौँ, २४ माघ ।

पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टलाई घर (भारतको बँैगलोर) जान÷आउन वार्षिकरुपमा एकपटक हवाई टिकटसहित रु ४० हजार उपलब्ध गराइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषको आजको बैठकले वार्षिक एकपटक घरजाने मूल भट्ट र सहायक भट्टका लागि सो व्यवस्था गर्ने बैठकले निर्णय गरेको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरका मूल भट्ट एक र चार सहायक भट्ट गरी पाँच भट्टलाई हवाई टिकट र घर जान र आउनका लागि वार्षिक रु ४० हजार दिने बैठकले निर्णय गरेको हो ।

यसअघि प्रतिभट्ट वार्षिक रु ४० हजार आवतजावतका लागि दिइने गरिन्थ्यो । त्यसले आफूहरुलाई टाढाको यात्रा गर्न कठिनाइ भएको भन्दै भट्टहरुले हवाई टिकटको व्यवस्था गर्न माग गर्दै आउनुभएको थियो ।

त्यस्तै, बैठकले पशुपतिको मूल भट्ट र सहायक भट्टका छोराछोरीलाई अध्ययनका लागि कोषले मासिक रु १० हजार छात्रवृत्तिस्वरुप प्रदान गर्ने र सो स्कुल वा क्याम्पसको खातामा छोराछोरी २२ वर्षको हुँदासम्ममात्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

कोषको बैठकले सेवा करारमा काम गर्ने कर्मचारीलाई उमेरको हद ६० वर्ष मान्ने निर्णय गरेको र पशुपतिनाथको मन्दिरलाई हिन्दूको आस्थाको केन्द्र बनाउनका लागि सबैले प्रतिबद्ध भएर काम गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री पोखरेलको अध्यक्षतामा भएको कोषका पदाधिकारीको बैठकमा मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, राष्ट्रिय योजना आयोगका सचिव डा चन्द्रकान्त पौडेललगायत हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ