ललितपुर उपमहानगरपालिकाका पाँच वडा बालश्रम मुक्त घोषणा हुने

ललितपुर उपमहानगरपालिकाका पाँच वडा बालश्रम मुक्त घोषणा हुने

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, २४ माघ ।

ललितपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरतमणी पाण्डेले नगरपालिकाको पाँच वडाहरुलाई बालश्रम मुक्त घोषणा गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघले ललितपुर उपमहानगरपालिकाको सहयोगमा आज गरेको अन्तकृयामा बोल्दै प्रमुख पाण्डेले अहिले तथ्याङ्क गर्ने क्रम भईरहेको भन्दै ललितपुर उपमहानगरलाई बालमैत्रि नगरब बनाउने योजना रहेको समेत बताउनुभयो । उहाँले यसका लागि निजी क्षेत्रको सहयोग पनि आवश्यक रहेको औल्याउनुभयो ।

पाण्डेले तथ्याङ्क संकलनमा पनि समाजिक प्रतिष्ठा, कानुनि कारबाही र बालश्रमको लाभका कारण सुचना दिन आनाकानी गर्ने गरेको गुनासो गर्नुभयो । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मि बिष्णुबहादुर खत्रीले नेपालमा घरमै बालश्रममा काम गरिहरहेका बालबालिका अझ पिडित रहेका र उनीहरुको उद्धारमा कठिनाई भईरहेको समेत बताउनसभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ