भोली ४६ देखि ६० लटसम्मका मोटरसाइकले पेट्रोल पाउने

भोली ४६ देखि ६० लटसम्मका मोटरसाइकले पेट्रोल पाउने

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,२४ माघ ।

नेपाल आयल निगमले भोली ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ४४ वटा पम्पबाट भोली बिहान ९ बजेदेखि पेट्रोल बिक्री वितरण गरिने निगमले जनाएको छ । नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह समेत गरेको छ ।

तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ ।

निगमले यसअघि दुई दिन गरेर ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गरेको थियो । बाँकी लटका लागि पछि सूचना निकालिने निगमले जनाएको छ । आयल निगमले मोटरसाइकल तथा स्कुटरलाई लट नम्बरका आधारमा पेट्रोल बिक्री गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ