धनुषामा काग्रेस नेताको गोली हानी हत्या

धनुषामा काग्रेस नेताको गोली हानी हत्या

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

धनुषा, २३ । धनुषाको दुई छुट्टाछुट्टै स्थानमा नेपाली काँग्रेसका नेतामाथि गोली प्रहार गरिएको छ ।

अज्ञात समूहले प्रहार गरेको गोली लागि एक नेताको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनुषाको बालाबाखर गाविस–४ का नेपाली काँग्रेस धनुषा १ नम्बर क्षेत्रका क्षेत्रीय प्रतिनिधि ४५ वर्षीय राजेन्द्रप्रसाद यादवलाई गएराति अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बालाबाखर गाविस–४ स्थित काँग्रेसका समानुपातिक सांसद मुक्ता यादवको भतिजीको विवाहमा सहभागी हुन आएका यादवलाई घर फर्कने क्रममा बाटोमै गोली प्रहार गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताउनुभएको छ ।

त्यसैगरी आज बिहान धनुषाको चारनाथ नगरपालिका वीरेन्द्रनगर बजारमा स्थानीय काँग्रेस कार्यकर्ता नसिब राइन र वीरेन्द्र चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढी आएका दुईजनाले नसिब राइन र वीरेन्द्रकुमार चौधरीमाथि गोली प्रहार गरेका थिए । राइनको पिठ्युँमा दुईवटा र चौधरीको खुट्टामा एउटा गोली लागेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि राइनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँै लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ