बुटवल २३ पाल्पा । बुटवल सुख्खानगरस्थित एक्सिस उच्च मा.बि. कक्षा १० मा अध्ययनरत १५ बर्षीय बिद्यार्थी आकृति ठकुरीको किड्नी फेल भएपछि उनको उपचारार्थ बिद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।
बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बिद्यार्थी आकृति ठकुरीकी अभिभावक पुर्णकुमारी ठकुरीलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै बिद्यालयका प्राचार्य सीबी थापाले मानव जीवनमा आइपर्ने हरेक अप्ठ्याराहरुलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै किड्नी फेल भई मृत्युसंग लडिरहेकी बिद्यार्थी आकृति ठकुरीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेको बताउनु भयो ।
बिद्यालयका प्राचार्य सीबी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक एवं कोअर्डिनेटर डिबी क्षेत्रीले गर्नुभएको थियो भने अभिभावक संघका कार्यबाहक अध्यक्ष हुमी श्रीस मगरले पनि बोल्नु भएको थियो ।
