माइक्रोबस दुर्घटनामा आठ सैनिको मृत्यु

माइक्रोबस दुर्घटनामा आठ सैनिको मृत्यु

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नुवाकोट,२३ माघ ।

नुवाकोटको मदानपुर ८ जोगीभीरमा माइक्रोबस दुर्घटना हुँदा तालिमरत ८ जना सैनिकको मृत्यु भएको छ ।

नुवाकोटको मदनपुर गाविसस्थित केउरेनीमा बा१ज ७५८३ नम्बरको माइक्रोबस दिउँसो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौंबाट त्रिशुली आउँदै गरेको पासाङल्हामुमार्ग अन्तर्गत काठमाडौ(त्रिशुली सडकस्थित जोगीभीरमा माइक्रोकस दुर्घटनाग्रस्त भएको हो ।

मृतकहरु अधिकांश तालिमे सैनिक रहेको जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । दुर्घटना परी घाइते भएका ६ जनाको स्थिति गम्भीर रहेको छ । घाइतेहरुको उपचारको लागि काठमाडौं ल्याइएको छ ।

माइक्रोबस सडकबाट ५ सय फिट तल खसेको छ । नेपाल प्रहरी र स्थानीयहरुले दुर्घटनामा परेकाहरुको उदारकार्य गरिरहेका छन् । मृतकको नाम अहिलेसम्म खुलाईएको छैन । घटनापछि उद्धार गरेर पाँचजनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ