साताको नेप्सेमा ३१ अङ्कको सुधार

साताको नेप्सेमा ३१ अङ्कको सुधार

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २३ माघ ।

गत साताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार यो साताको परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अङ्कले बढेर अन्तिम दिन एक हजार २५१.४२ अङ्कमा पुगेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १२८ कम्पनीको १३ हजार ९२२ कारोबारबाट रु दुई अर्ब ७९ करोड ९८ लाख ३८ हजार बराबरका ४४ लाख ६६ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८.२१ प्रतिशत बढी हो ।
गतसाता १२० कम्पनीका १० हजार ५०९ कारोबारबाट रु दुई अर्ब १८ करोड ६१ लाख ७४ हजार बराबरका ३४ लाख ४४ हजार ११७ कित्ता सेयर खरिद बिक्री भएका थिए । यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक २६.०८, विकास बैंक ७७, वित्त कम्पनी ८.१, होटल २०.७, जलविद्युत् कम्पनीको २२.७८, बिमा ४६.९, उत्पादनमूलक ५४.४३ र अन्य समूहको परिसूचकमा १८.८ अङ्कले वृद्धि भएको थियो भने व्यापार समूहमा कुनै परिवर्तन भएको छैन ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.८९ अङ्कले बढेर २६९.५२ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार सङ्ख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता सप्तकोसी डेभलपमेन्ट बैंकको १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी