वागमती सफाइमा सत्र मेट्रिक टन फोहर व्यवस्थापन

वागमती सफाइमा सत्र मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २३ माघ ।

वागमती सफाइको १४३ औँ हप्तामा आज बानेश्वर क्याम्पसदेखि मीनभवन पुलसम्मको क्षेत्रमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

आजको सफाइमा जागृतिनगरस्थित सुकुम्वासी टोलवासी समिति गठन गरेर ब्यानरसहित सहभागी भएका थिए । सफाइमा सुकुम्वासी बस्तीका बालबच्चा समेत सहभागी भएको अभियन्ता एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सफाइपछि यस क्षेत्रको पानी परीक्षण गर्दा पहिलेको भन्दा गुणस्तर सुध्रिएको प्रतिवेदन प्राप्त भएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले बताउनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासी र अभियन्ताको उपस्थिति थियो । मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठ, सिस्नुपानी नेपालका महासचिव टङ्कमणि आचार्य, गायत्री परिवारका डा राजु अधिकारी, एस ट्राभल्सका अर्जुन धरेल, अधिकार सम्पन्न वागमती आयोजनाका सञ्चालक सदस्य नारायण श्रेष्ठ, गोकुल थापा र सुष्मा शर्मालगायतको सफाइमा सक्रिय सहभागिता थियो ।

अर्को हप्ताको सफाइ मीनभवन पुलमुनिको वागमती क्षेत्रमा गरिने सो अवसरमा जानकारी गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ