काठमाण्डौं २३ माघ ।
गएराति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको परकम्पपछिको भागदौडमा परि काठमाडौ उपत्यकामा ७० जना घाईते भएका छन् ।
काठमाडौंमा ५९, ललितपुरमा ६ र भक्तपुरमा ५ जना घाईते भएको महानगरिय प्रहरी वरिष्ठ उपरिक्षक सरद चन्दले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएराति १० बजेर ५ मिनेटमा ५ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली परकम्प गएको थियो ।
परकम्पपछि भागदौड गर्दा धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ । भुकम्पको धक्का भारतको विहारसम्म समेत महसुस गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।
गोरखा केन्द्रविन्दु बनाएर गत बैसाखमा गएको विनासकारी भुकम्पपछि अहिलेसम्म ४ रेक्टर भन्दा माथिका ४ सय २९ वटा परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline