युवा सङ्घले ७ लाख घर बनाउने

युवा सङ्घले ७ लाख घर बनाउने

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ, २२ माघ ।  

एमाले सम्बद्ध सङ्गठन युवा सङ्घ नेपालले अब आफ्नो युवा शक्ति राष्ट्रिय पुनःनिर्माणमा जुटाइने उद्घोष गरेको छ ।

‘मधेस संवाद तथा जागरण अभियान’ का लागि दुई महिने कार्यक्रम बनाएर मधेस झरेको सङ्घले आज महोत्तरीको बर्दिवासमा नगर पत्रकार सञ्जाल बर्दिवासले आयोजन गरेको पत्रकार सम्मेलनमा यस्तो उद्घोष गरेको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले पुसबाट सुरु भएको दुई महिने ‘मधेस संवाद तथा जागरण अभियान’ माघ मसान्तमा समापन गरिएपछि आफूहरु राष्ट्रिय पुनःनिर्माणमा जुट्ने जानकारी दिनुभयो ।

यस क्रममा सबैभन्दा पहिले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका काममा एक लाख युवा शक्ति परिचालित गरिने पहारीको भनाइ थियो । दोलखाबाट सुरुवात गरिने कार्यक्रममा सात लाख सुरक्षित घर बनाइने जानकारी दिइएको छ ।

राष्ट्रिय पुनःनिर्माणकै क्रममा युवा मधेसको हुलाकी सडक निर्माण र सरकारले अघि सारेको सीमा क्षेत्र विकास कार्यक्रममा परिचालित गरिने अध्यक्ष पहारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ