झापामा सात हजारभन्दा बढी कुष्ठरोगी

झापामा सात हजारभन्दा बढी कुष्ठरोगी

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

भद्रपुर, २२ माघ ।

झापा जिल्लामा हालसम्ममा जम्मा सात हजार ६५० जना कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सोमध्ये सातहजार १४० जनालाई कुष्ठरोगको औषधि खुवाइएको छ ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार गएको आर्थिक वर्षमा १९६ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने सो अवधिमा ३६७ बिरामीको दर्ता भएको थियो ।
कुष्ठरोगबाट झापाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

यसैगरी, झापा जिल्लामा हाल ९७२ जना अर्बुदरोगी रहेको सोही कार्यालयले जनाएको छ । यो विसं २०६६ देखि २०७३ माघ १४ गते सम्मको तथ्याङ्क हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ