इनरुवा,२२ माघ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीभासी नगरपालिका–४ मा सवारी दर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १२ प ६४६६ नंको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ३ ख ४५६१ नंको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा जिविस सुनसरीका योजना अधिकृत दीपक निरौला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कामविशेषले इटहरी जानुभएका इनरुवा–२ का निरौला इटहरीबाट इनरुवा फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
ठक्कर दिने टिपर र चालक इलाका प्रहरी कार्यालय पक्कलीको नियन्त्रणमा छ । निरौलाको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline