काठमाण्डौ, माघ ।
राजधानीको भृकुटी मण्डपमा वृहत्त पुस्तक प्रदर्शनी मेला आजदेखि शुरु भएको छ । उपप्रधानमन्त्रि चित्र बहादुर केसिले मेलाको उद्घाटन गर्नुभयो ।
डिकुरा पब्लिकेशनद्धारा संचालित उक्त मेलामा जम्मा १५ओटा स्टलहरु रहेका छन् । प्रदर्शनीमा ११० प्रकारका प्रकाशित कृतिहरु बिक्रिका लागि राखिएका र उक्त कृतिहरु नेपाली, अंग्रेजी र हिन्दी भाषामा पाउन सकिने मेला संयोजक पुण्यप्रसाद प्रसाईले जानकारी दिनुभयो ।
यस्तै पाठकहरुका लागि पुस्तकहरुमा २० देखि ३५ प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरिएको छ । मेला फागुन २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline