काठमाण्डौ,२१ माघ ।
चाँदीका तयारी गरगहनासहित सिरहा प्रहरीले एकजनालाई हिजो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी गस्ती टोलीले चाँदीका तयारी गरगहनासहित सिरहा नगरपालिका – निवासी ३० वर्षीय रोशनप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा खटिएको टोलीले सिरहा नगरपालिका–१२ स्थित सारस्वर गुलरिया कच्ची सडक बाटोमा भारतबाट नेपालतर्फ स६प ४१२८ नंको मोटरसाइकलमा आइरहेका गुप्तालाई रोकेर जाँच गर्दा मोटरसाइकलको डिक्कीमा लुकाइछिपाई राखेको अवस्थामा आठ केजी १०० ग्राम बराबर तौलका चाँदीका विभिन्न किसिमका तयारी गरगहना बरामद गरेको जनाएको छ ।
पक्राउ परेका गुप्तामाथि अनुसन्धान कार्य भइरहेको जिप्रकाले बताएको छ । रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline