सामन्त, जमिन्दार, नोकरशाही, दलालबाट मधेशको मुक्ती नहुनेः सिंचाई मन्त्री

सामन्त, जमिन्दार, नोकरशाही, दलालबाट मधेशको मुक्ती नहुनेः सिंचाई मन्त्री

  • बुधबार, माघ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

राजविराज माघ २० गते । सामन्त, जमिन्दार, नोकरशाही, दलालबाट मधेशको मुक्ती नहुने सिंचाई मन्त्री उमेश कुमार यादवले बताएका छन् ।
व्रmान्तिकारी पत्रकार संघ सप्तरीको आयोजनामा लालपटृी स्थित आफ्नै पुर्र्खौली निवासमा सो कुरा मन्त्री यादवले बताएका हुन् ।
उनले मधेशमा जारी आन्दोलनबाट मधेशका टाठाबाठाहरुको आन्दोलनबाट मधेशका सर्वहारा श्रमजीविहरुको वास्तविक मुक्ति नहुने बताए ।

अधिकार प्राप्तिको मधेश आन्दोलन सकारात्मक रहेको भन्दै पञ्चायतीकालदेखि नै संसदिय ब्यवस्थासम्म मन्त्री पद पड्काएर अधिकार माग्नेमाथि गोली हान्नेहरुकै नेतृत्वमा अधिकार प्राप्ति असम्भव रहेको उनले टिप्पणी गरे ।

मन्त्री यादवले मधेशमा २ प्रदेशको पक्षमा एनेकपा माओवादी रहेको जिकीर गर्दै पहिलो संविधानसभामा आयोगले मुलुकमा १४ प्रदेशको खाका प्रस्तुत गरेकोमा काँग्रेस, एमाले अहिले ७ प्रदेश संविधानमा ल्याएकोमा माओवादी असहमति जनाउँदै समर्थन गरेको बताए ।
मुलुक अहिले संव्रmमणकालमा गुज्रिरहेकोमा विभिन्न असन्तुष्टिको बिचबाट सरकार अघि बढिरहेको बताए ।

माओवादी समाजवादी व्रmान्ति पुरा गर्न सशस्त्र आन्दोलनको आवश्यकता अपरिहार्य रहेको बताउँदै माओवादी आफ्नो र आफ्नो लक्ष्यमा पुग्नको लागि विभिन्न किसिमको समस्याबाट जुधिरहेको बताए । उनले अहिलेको संविधान सापेक्षिक ढंगबाट अग्रगामी परिवर्तनशील रहेको बताउँदै “दलित, मधेशी, मुश्लिम, महिला, आदिवासी, जनजातीलगायतको अधिकार सुनिश्चित गरेको बताए ।
मुलुकमा पहाडी अतिवाद र मधेशी अतिवादले मुलुकलाई दिशा अग्रगामी दिशाबाट रोक्नको लागि कारक रहेको बताए ।

मधेशी जनता असली देशभक्त भएको भन्दै उनले मधेशी देशको सिमा रक्षा गरेर बसेका मधेशी जनतालाई भारतसँग जोडेर अपमान गर्ने पक्ष र पहाडिलाई दुस्मन देख्ने अर्को पक्ष गरी दुवैको अतिवादले गर्दा देशमा संकटको अवस्था सिर्जना भएको बताए । राएका थिए ।
अधिकार प्राप्तिकोलागि भएका संघर्षलाई सकारात्मक रुपमा लिनु पर्ने वताउँदै उनले वर्गिय विभेद रहेसम्म संघर्ष जारी रहने वताए ।
नाकाबन्दी, आन्दोलन, कालोवजारी र तस्करी वर्तमान सरकारले उपहारको रुपमा पाएको बताउँदै मन्त्री यादवले भने ‘हामीलाई अघिल्लो सरकारले बरवुझारथ गरेको हो, हामी त्यसलाई प्रकृयागत रुपमा ब्यवस्थापन गरिरहेका छौ । वर्तमान सरकार असफल नभएको भन्दै उनले जनताको नजरमा वर्तमान सरकार सफल भएको दावी गरे ।

सिंचाई मन्त्रालयअन्तर्गत सप्तरीको चन्द्र नहर, पम्प नहरको स्तरोन्नतिको साथै नदीहरु बिहुल, त्रियुगा, जिता, खाँडो, बलान, भलुवाहीलगायतको नदीहरुको नियन्त्रण गर्न मन्त्रालयले कार्यव्रmम अघि सारेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ