राष्ट्रिय प्रजातन्त्र दिवस व्यापक जनसहभागितामा मनाऔं : प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र दिवस व्यापक जनसहभागितामा मनाऔं : प्रधानमन्त्री

  • बुधबार, माघ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, माघ २० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रमलाई सरकारको अगुवाइमा व्यापक जनसहभागितामा मनाउन आह्वान गर्नुभएको छ ।

६६औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको कार्यक्रमको बारेमा छलफल गर्न आज गृह मन्त्रालयमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित २४ सदस्यीय मूल समारोह समितिले फागुन ६, ७ र ८ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने तयारी गरेको छ ।

प्रजातन्त्र दिवस मनाउन सन्चारमन्त्री शेरधन राईको संयोजकत्वमा २२ सदस्यीय प्रचार–प्रसार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा ८ सदस्यीय मन्च सजावट तथा पञ्च व्यवस्था उपसमिति र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १३ सदस्यीय ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ