काठमाडौ २० माघ ।
नेपाली चलचित्रका नृत्य निर्देशक बसन्तजंग रायमाझीको ८१ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
लामो समयदेखि पक्षघातबाट ग्रसित उहाँको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । रायमाझीले थुपै्र विदेशी र नेपाली चलचित्रमा नृत्य निर्देशकको रुपमा काम गर्नुभएको थियो ।
उहाँले युगदेखि युगसम्म, सीमाना, अवतार, पृथ्वी, सिन्दुर, जीवन रेखा मनकामना लगायत करिब ४० चलचित्रमा नृत्य निर्देशन गर्नुभएको छ ।
लामो समय बलिउडमा समेत नृत्य निर्देशकको रुपमा काम गर्नु भएका उहाँ पछि नेपाल फर्किनु भएको थियो ।
उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीकालागि अहिले कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा राखिएको नृत्य निर्देशक गोविन्द राईले बताउनुभयो । रायमाझीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरीने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline