काठमाडौ २० माघ ।
नेपाल आयल निगमले आज १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गर्दैछ ।
उपत्यकासहित काभ्रे र नुवाकोटका विभिन्न ४७ वटा पम्पबाट पाँच लिटरका दरले बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने निगमले जनाएको छ ।
निगमले सवारी साधनको नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न आग्रह गरेको छ ।
तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline