आयल निगमले आज काठमाडौंमा मट्टितेल वितरण गर्दै

आयल निगमले आज काठमाडौंमा मट्टितेल वितरण गर्दै

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,१९ माघ ।

नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि मट्टितेल बिक्री वितरण गर्ने तयारी गरेको छ ।

आज ९ बजेदेखि ३६ वटा डिपोबाट १ लाख ८ हजार लिटर मट्टितेल वितरण गर्न लागेको आयल निगमले जनाएको छ ।

निगमले २ महिनापछि सर्वसाधारणका लागि मट्टितेल बेच्न लागेको हो । यसअघि मंसिर ४ र १३ गते काठमाडौंमा मट्टितेल वितरण भएको थियो ।

आयल निगमको काठमाडौंस्थित थानकोट डिपोमा मात्रै झण्डै ४ लाख ७० हजार लिटर मट्टितेल मौज्दात छ ।

अत्यावश्यक र सुरक्षाका लागि मौज्दात बढाउने बाहनामा निगमले ठूलो परिमाणमा मट्टितेल भण्डार गरिसक्दा पनि वितरणमा चासो नदेखाएको भन्दै आलोचना भएको थियो ।

ग्यास र मटितेल नपाएपछि धेरै उपभोक्ता दाउरामा भर परेका छन् भने कतिपय ब्ल्याकमा डिजेल किनेर जोखिमयुक्त स्टोभ बालिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ