काँग्रेस अधिवेशन : काठमाडौँका दुई नगरमा निर्विरोध

काँग्रेस अधिवेशन : काठमाडौँका दुई नगरमा निर्विरोध

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १८ माघ ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा आज काठमाडौँका नौ नगरपालिकामा नगर समितिको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ ।

सो क्रममा शङ्खरापुर र नागार्जुन नगरपालिकामा सभापति एवम् छ सदस्य निर्विरोध निर्वाचित भएको काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले जानकारी दिनुभयो । शङ्खरापुरमा राजभाइ श्रेष्ठ र नागार्जुनमा केदार मानन्धरसहित सात जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा मङ्गलबार निर्वाचन हुनेछ, यी नगरपालिकामा सभापति सहित काँग्रेस विधानअनुसार दलित, जनजाति र अल्पसङ्ख्यक दुई÷दुई गरी सात जनाको निर्वाचन हुनेछ ।

काठमाडौँ महानरपालिकाको नगर समिति भने यही माघ २५ पछि मात्र चयन हुने भएको छ । महानगरमा नौ हजार क्रियाशील सदस्य भएकाले जिल्ला अधिवेशनपछि मात्र महानगरको अधिवेशन हुन लागेको हो । काँग्रेसमा सबैभन्दा बढी पार्टी सदस्यबाट निर्वाचित हुने निकाय महानगर समिति हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ