पाल–भारत सम्बन्ध सुधार गर्नुपर्छ

पाल–भारत सम्बन्ध सुधार गर्नुपर्छ

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, १८ माघ ।

नेपाल–भारतबीच चिसिएको सम्बन्ध कूटनीतिक माध्यमबाट सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा तीन ठूला दलका नेताले सार्थक परिणाम निस्कने गरी वार्ता प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

उनीहरूले मधेसवादी दलको माग पूरा गर्न संविधानसमेत संशोधन गरिएकाले असन्तुष्टि बाँकी रहे अझै पनि वार्ताद्वारा समस्या समाधान गर्न सकिने उल्लेख गर्दै आन्दोलन छोडेर वार्तामा आउन पनि आग्रह गरेका छन् ।

नेपाल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूले आन्दोलनका बाबजुद पनि वार्ता प्रक्रियालाई निरन्तरता दिन खोजे पनि तीन ठूला दलले वार्ता गर्ने समय तोकेपनि इटहरी, वीरगन्ज, विराटनगरलगायतका क्षेत्रमा दमन गरेर वार्ता भाड्ने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले आफूहरुको कुरा नसुनेकाले आगामी दिन मधेसी मोर्चाले महागठबन्धन गरेर यसैबाट आन्दोलनका स्वरुप घोषणा गर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता डा नारायण खड्काले देशको संवेदनशील अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको विद्यमान गतिरोध समाधान हुने उल्लेख गर्नुभयो ।

उहाँले देशको भौगोलिक स्थितिलाई अलग्याएर ‘मधेस दुई प्रदेश’ को नारा सार्थक नहुने भएकाले यसलाई पुनरावलोकन गर्न र पहिचानको मुद्दालाई सार्थक गराउन हिमाल, पहाड, तराईबीचका आर्थिक विकासका सम्बन्ध टुटाउन नहुनेमा जोड दिनुभयो । नेता डा खड्काले कालोबजारी, घुसखोरी र अराजकता नियन्त्रण गर्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले संविधान निर्माणपछि भारतको अघोषित नाकाबन्दीले अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको छविमा असर पुग्ने हुँदा त्यहाँकै नेताले पनि छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर गराउन प्रयास गरिरहेका छन् भन्दै यो बेला नेपालबाट पनि सार्थक परिणाम निस्कने गरी वार्ता प्रक्रिया अघि बढाउनुपर्छ भन्नुभयो ।

उहाँले सीमाङ्कनका विषयमा तराईलाई हिमाल र पहाडबाट अलग गरेर आपसी सम्बन्ध टुक्र्याउन नहुने भएकाले वार्ताकै माध्यमबाट समस्या समाधान गर्न मधेसवादी दल जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

एमाओवादीका जनार्दन शर्माले राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर आन्दोलनरत दलसँग वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिँदै भूकम्पपछिको पुनःनिर्माण कार्यक्रम अघि बढाउन र आर्थिक विकासका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय सुरक्षाका विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने र नेपाली काँग्रेससमेतको सहभागितामा राष्ट्रिय सरकार बनाउनु पर्ने पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ