काठमाडौ १८ माघ ।
मोरङको सिजुवामा आगोमा जलेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको जौबारी प्रहरी चौकीमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार रामचन्द्र ताजपुरिया रहेको प्रहरीले जनाएको छ ।
आगोमा जलेर गम्भीर घाइते भएका ताजपुरियाको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।
सिजुवा १ स्थित घरमा सुतिरहेको अवस्थामा गएराति ११ बजेतिर उहाँको घरमा आगो लागेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
राति चुरोटको ठुटोलाई ननिभाई सुतेकाले आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline