काठमाण्डौ,१७ माघ ।
झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन ।
माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए ।
कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने प्रहरीको भनाइ छ । परीक्षण गर्न शवलाई मेची अञ्चल अस्पताल लगिएको छ ।
पाठकको मृत्युपछि उनीसँगै होटलमा बस्दै आएकी अपरिचित महिला फरार रहेको प्रहरीले जनाएको छ । फरार महिलाको खोजी र घटनाको अनुसन्धान भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline