व्यवसाय विस्तारमा करिब रु दुई करोड लगानी

व्यवसाय विस्तारमा करिब रु दुई करोड लगानी

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कञ्चनपुर, १७ माघ ।

विपन्न वर्गको आयस्तरमा सुधार गर्नका लागि स्थापना गरिएको नवीकरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारी कञ्चनपुरले रु एक करोड ७९ लाख ६२ हजार ६ सय ९८ रकम व्यवसाय विस्तारका लागि प्रदान गरेको छ ।

एक वर्षको अवधिमै सहकारीमा आबद्ध ७ सय ९ जना सदस्यलाई व्यवसाय विस्तार गर्न ऋणका रुपमा सो रकम उपलब्ध गराएको हो ।

व्यावसायिक कृषि कार्य गर्नका लागि सहकारीले रु ६९ लाख २२ हजार ५ सय र अन्य व्यवसायका लागि रु ८० लाख ९६ हजार ३ सय ७० रकम परिचालन गरिएको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताउनुभयो ।

सहकारीमा आबद्ध एक हजार ३ सय ९५ सदस्यको रु एक करोड ९६ लाख १० हजार ३ सय ५७ रहेको छ ।

सहकारीमा आबद्ध विपन्न परिवारका घर निर्माणका लागि रु १५ लाख २५ हजार, शिक्षाका लागि रु सात लाख ७१ हजार ५ सय र आपत्कालीन कार्यका लागि रु छ लाख ४८ हजार ३ सय २८ रकम परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी