परनिर्भरतालाई कम गर्न कृषि उत्पादन बढाउनुपर्ने : उपप्रधानमन्त्री केसी

परनिर्भरतालाई कम गर्न कृषि उत्पादन बढाउनुपर्ने : उपप्रधानमन्त्री केसी

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १६ माघ ।

उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले परनिर्भरतालाई कम गर्न कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

अष्ट ज अभियानले आज यहाँ आयोजना गरेको उपत्यकाव्यापी कृषि भेलामा उपप्रधानमन्त्री केसीले कृषि उत्पादन बढाउन सरकारबाट बीउ र मलमा विशेष छुटको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

उहाँले कृषिमा आत्मनिर्भर नभएसम्म मुलुकको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

पूर्व मुख्यसचिव लीलामणि पौडेलले पछिल्लो समय उत्पादित कृषि सामग्रीले उचित मूल्य नपाएकाले धेरैले कृषि पेसा छोड्दा खेतीयोग्य जमिन बाँझो रही आर्थिक नोक्सानी भएको बताउनुभयो ।

अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले प्रकृतिको सुरक्षासँगै मानवको हित गर्नु अभियानको उद्देश्य रहेको बताउँदै देश विकासको मुख्य आधार कृषि पेसा रहेकाले यसमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुुभयो ।

सोही अवसरमा पूर्व मुख्यसचिव पौडेलसहित विभिन्न जिल्लाका २५ जना व्यक्तिले अभियानको आजीवन सदस्य दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ