नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित :नेता पोखरेल

नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित :नेता पोखरेल

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पर्वत, १६ माघ ।

नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दी पूर्णरुपमा नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने बताउनुभएको छ ।

कुश्मा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै नेता पोखरेलले मुलुकको अहसज परिस्थितिलाई थाती राख्दै सरकारको प्रमुख व्यक्ति भ्रमणमा जानु उचित नहुने भन्दै नाका सहज नभएसम्म नजाने प्रधानमन्त्रीको अडान कायमै रहने बताउनुभयो ।

नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कोइराला नेतृत्वकै सरकारको पालादेखि निम्तिएको परिस्थिति हो, अहिलेको सरकारको कुनै दोष छैन ।’
नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली काँग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना, वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद कल्पना चापागाँई, वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, वैकल्पिक केन्द्रीय सदस्य मुना केसी तथा सांसद विकास लम्साललगायतले बोल्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ