‘पहाड–तराई मिल्न नदिने षड्यन्त्र’: उपप्रधानमन्त्री रावल

‘पहाड–तराई मिल्न नदिने षड्यन्त्र’: उपप्रधानमन्त्री रावल

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भीमदत्तनगर, १६ माघ ।

उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई–पहाडलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित नेकपा (एमाले) महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलाको दोस्रो दिन आज बिहान सम्बोधन गर्दै एमाले उपाध्यक्ष रावलले तराई–पहाडलाई मिल्न नदिएर नेपालीको एकता टुटाउने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो ।

“धेरै बहस, छलफलबाट संविधान जारी भएको हो”, उहाँले भन्नुभयो–“बहुमतबाट पारितसंविधानलाई जलाउनु भनेको नेपालीको भावना र मनलाई जलाउनु हो ।” संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा भारतीय भूमिबाट आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्नु गलत कदम भएको बताउनुभयो ।

“हामीले संविधान जारी गर्दा छिमेकीले नाक खुम्च्याउनुपर्ने किन ?”, नेता रावलले भन्नुभयो–“अब संविधान प्रारम्भिक कार्यान्वयनको चरणमा प्रवेश गरिसक्यो ।” प्रदेश सङ्ख्या थोरै बनाउने चाहना भए पनि सहमतिकै लागि सात प्रदेश घोषणा गरिएको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ