चक्कु प्रहारबाट युवकको मृत्यु

चक्कु प्रहारबाट युवकको मृत्यु

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १६ माघ । सर्लाहीको सेखौनामा चक्कु प्रहारबाट १७ वर्षीय युवक रामपुकार सहनीको मृत्यु भएकोे छ ।

गएराती ८ बजे पसल बन्द गरेर घर जाँदै गर्दा सेखौना गाविस वडा नम्वर ३ छन्की टोलमा बगदह गाविस वडा नम्वर १ का विश्वम्बर कुमालको चक्कु प्रहरबाट सहानीको मृत्यु भएको हो ।

विश्वम्बरको चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामपुकारलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउने बित्तिकै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

प्रहरीले रामपुकारलाई चक्कु प्रहार गर्ने विश्वम्वरलाई गएराती नियन्त्रणमा लिएको छ । रामपुकार सहित स्थानीय केही युवाहरुको टोलीले आफूमाथि आक्रमणको प्रयास गरेपछि त्यसको प्रतिकार गर्दा यस्तो घटना भएको विश्वम्बरले प्रहरी समक्ष बयान दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ