भीमदत्तनगर, १५ माघ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको अनुसन्धान ब्युरोले अति दुर्लभ रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
अनुसन्धान ब्युरोका महाकाली अञ्चल इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले आज बाँकेको कोहलपुरबाट रेड पान्डाको ३१ इन्च लामो छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक जोहारका अनुसार छालासहित पक्राउपर्नेमा कालिकोट राम्नाकोट–१ घर भई हाल कोहलपुर नगरपालिका–९ मा बस्दै आएका १९ वर्षीय भइराज बम र २३ वर्षीय लक्ष्मणबहादुर शाही रहेका छन् ।
दुवै जनालाई छालासहित कोहलपुरको बसपार्क रोडमा पैदल हिँडीरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले थप कारबाहीका लागि छालासहित अभियुक्तलाई बाँके वन कार्यालयको जिम्मा लगाएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline