पाल्पा, १५ माघ ।
पाल्पाको जल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जल्पा–८ मा गएराति जीप दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन् ।
तानसेनबाट बहादुरपुरका लागि छुटेको लु १ ज २०६३ नम्बरको जीप दुर्घटना हुँदा बहादुरपुर–९ का ४८ वर्षका जयबहादुर रानाको मृत्यु भएकोे हो ।
घाइते चार जनाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline