काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन : बिजुक्छें

काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन : बिजुक्छें

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

भक्तपुर, माघ १४ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली कांग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले नेपाली कांग्रेसको महाधिबेशन पश्चात काँग्रेसको नेतृत्वमा मधेशबादी दल, एनेकपा माओबादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना अत्याधिक रहेको बताउनु भएको हो ।
उहाँले हालै गरिएको संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै नेपालमा फेरी सुगौली सन्धीको पुनराबृत भएको बताउनु भयो ।
नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीहरुले भारतको तलब खाएर नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सुचना भारतलाई उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।
हालसम्म सरकारमा गएका दल र प्रधानमन्त्री बनेकाहरुकै कारण नेपालमा भ्रष्ट्राचार मौलाएको र चुनाब ताका कार्यकर्तालाई दिएका गलत आश्वासन पुरा गर्न गलत काम गर्ने परम्पराले नेपालमा भ्रष्ट्राचार घट्नुका साट्टो बढेको उहाँको दाबी छ ।
तराई आन्दोलन संबिधान संशोधन गरेर केहि शान्त भएता पनि अब मागहरु एक एक गरिँदै थपिँदै जाने र भारतले इशारा नगरे सम्म शान्त नहुने समेत उहाँको भनाई छ ।
उहाँले बहुराष्ट्रिय कम्पनीहरुलाई नेपाली कामदार बिदेश पठाएर गुण लगाए बापत पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई बिश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेर नेपाली कामदार बिदेश पठाउने काममा मद्दत गरेको समेत आरोप लगाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ