संविधान निर्माणसँगै मुलुक नयाँ युगमा प्रवेश – गृहमन्त्री बस्नेत

संविधान निर्माणसँगै मुलुक नयाँ युगमा प्रवेश – गृहमन्त्री बस्नेत

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

विराटनगर, १४ माघ ।

गृहमन्त्री शक्ति बस्नेतले संविधान निर्माणसँगै मुलुक नयाँ युगमा प्रवेश गरेकाले अब विकास र समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आज कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले सेवाग्राहीको कामकाजमा ढिलासुस्ती गर्न नगर्न निर्देशन दिनुभयो । राज्यको सबै निकायबाट जनतालाई अपनत्वको बोध गराउनुपर्ने र अन्यायमा पर्न नदिनेतर्फ सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो । 

विकास बजेटको सदुपयोग हुनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले चालु आवको अहिलेसम्म निर्माणका काम सन्तोषजनक नदेखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो – “संविधानको सौन्दर्य नै यसको लचकता हो । संविधानमा अलिअलि विमति हुनु स्वाभाविक हो ।” सीमाङ्कनको विषय समाधानका लागि सरकारले मन्त्रिपरिषद्बाट नै उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरिसकेकाले यसबारे मधेसी मोर्चा लचिलो बन्नुपर्ने उहाँको भनाइ थियो । 

यसअघि मन्त्री बस्नेतले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसवादी दलको मागबमोजिम नै संविधान संशोधन भएको बताउनुभयो । अन्य माग पूरा गर्ने प्रतिबद्धता जनाइसकिएकाले वार्ता र संवादबाटै समस्याको समाधान खोज्न मधेसवादी दललाई उहाँले आग्रह पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ