क्यान्सरपीडित बालकलाई कोरियाबाट सहयोग

क्यान्सरपीडित बालकलाई कोरियाबाट सहयोग

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

म्याग्दी, १४ माघ ।

बेनी नगरपालिका–१२ डडुवाका क्यान्सरपीडित जगत खत्रीको उपचारको लागि कोरियामा रहेका नेपालीबाट सहयोग प्राप्त भएको छ ।

हड्डीको क्यान्सरबाट पीडित १३ वर्षीय जगतको उपचारका लागि कोरियामा रहेका नेपालीबाट रु एक लाख १७ हजार ७०० सहयोग प्राप्त भएको अभियानका प्रचारप्रसार संयोजक लालबहादुर कार्कीले जानकारी दिनुभयो ।

डडुवामा रहेको ज्योति युवाक्लबको संयोजनमा सञ्चालन भएको जगत उपचार अभियानलाई कोरियाबाट प्रेम भण्डारीको संयोजकत्वमा आर्थिक सङ्कलन गरी सहयोग गरिएको हो ।

हालसम्म खत्रीको उपचारका लागि विभिन्न सङ्घसंस्थाबाट रु दुई लाख सहयोग प्राप्त भएको ज्योति युवाक्लबका सचिव गोविन्द बानियाँले जानकारी दिनुभयो ।

तेह्र पटक केमो चढाउनुपर्ने भएकोले रु ६ लाख खर्च लाग्ने भएपछि घरपरिवारले उक्त खर्च जुटाउन नसकेपछि आर्थिक सङ्कलन सुरु गरिएको थियो । चार महिनादेखि खत्रीको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ