पर्यटकीय सवारीसाधनलाई सहजरुपमा इन्धन आपूर्ति गरिने

पर्यटकीय सवारीसाधनलाई सहजरुपमा इन्धन आपूर्ति गरिने

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १४ माघ ।

आपूर्ति मन्त्री गणेशमान पुनले पर्यटन व्यवसायीको मागअनुसार पर्यटकीय सवारीसाधनलाई इन्धन आपूर्ति गर्ने आश्वासन दिनुभएको छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य नेतृत्वको टोलीसँग मन्त्रालयमा भएको छलफलमा उहाँले नाट्टाअन्र्तगत दर्ता भएका व्यवसायीको पर्यटकीय सवारीलाई आवश्यक इन्धन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटक आवागमनको मौसम सुरु हुन लागेको बताउँदै व्यवसायीले आवश्यक इन्धन उपलब्ध गराउन माग गरेका थिए । लगत्तै मन्त्री पुनले मातहतका निकायलाई बोलाई काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीका पर्यटकीय सवारीलाई सहज रुपमा इन्धन आपूर्तिको कार्यविधि बनाई लागू गर्न निर्देशन दिनुभएको नाट्टाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी