छ वटा नगरपालिकाको बजेट सतसठ्ठी करोड

छ वटा नगरपालिकाको बजेट सतसठ्ठी करोड

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

परासी, १३ माघ ।

नवलपरासीका छ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि रु ६७ करोडको बजेट विनियोजन गरेका छन् ।

सरदमुकाम परासीमा रहेको रामग्राम, गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र सुनवल नगरपालिकाले आगामी आवका लागि आ–आफ्नो नगरपरिषद्मार्फत सो बजेट विनियोजन गरेका हुन् ।

सुनवल नगरपालिकाको बजेट रु १४ करोड रहेको छ भने मध्यविन्दु नगरपालिकाको रु आठ करोड ३५ लाख बजेट रहेको छ ।

यस्तै रामग्राम नगरपालिकाले रु १० करोड १३ लाख बराबरको अनुमानित आयव्यय प्रस्ताव गरेको छ भने गैँडाकोट नगरपालिकाको बजेट रु १२ करोड ५० लाख रहेको छ ।

यसैगरी कावासोती नगरपालिकाले रु १२ करोड ८६ लाख र देवचुली नगरपालिकाले रु १० करोडको बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी