झापामा खोप लगाएका शिशुको मृत्यु

झापामा खोप लगाएका शिशुको मृत्यु

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ,१३ माघ ।

झापाको शान्तिनगरमा खोप लगाएको एक शिशुको तीन दिनपछि मृत्यु भएको छ । शान्तिनगर–१ बर्नेका दलबहादुर राईका दुई महिनाका छोरा सुलभ राईको खोप लगाएपछि बिरामी भएर मृत्यु भएको हो ।

माघ ५ गते नियमित खोपअन्तर्गत बिसिजी खोप लगाएपछि शिशुलाई तत्कालै अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्रावपछि उपचारका लागि विराटनगर ल्याइएका
शिशुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।

शान्तिनगर स्वास्थ्य चौकीबाट खटिएका कर्मचारी महेन्द्र श्रेष्ठले खोपको सुई लगाएका थिए । बच्चाको मृत्यु खोपमा समस्या भएर हो या प्राविधिक लापरबाहीले भन्नेबारेमा छानबिन सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ