एमाओवादी स्थायी समिति बैठक लाजिम्पाटमा जारी

एमाओवादी स्थायी समिति बैठक लाजिम्पाटमा जारी

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१३ माघ ।

एकीकृत नेकपा माओवादीको स्थायी समिति वैठक अहिले वसिरहेको छ ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी वैठकमा आज पनि जनजिविकाका विषयमा सरकार प्रभावकारी बन्न नसकेको विषयमा छलफल भइरहेको बताइएको छ ।

पार्टीले सम्हालेका मन्त्रालयमा भएका कामको समिक्षा गर्न मन्त्रीहरु सहितको स्थायी समिति वैठक बोलाईएको हो । सरकारका विषयमा हिजोदेखि पार्टी भित्र छलफल चलाएको एकीकृत माओवादीले भारतीय नाकाबन्दी पछि सरकारले जनउत्तरदायीका सवालमा कमजोर देखिएको विश्लेषण गरेको छ ।

पार्टीका मन्त्रीले जिम्मेवार भएर काम गर्न नसकेको कार्यकर्ताको गुनासो छ । हिजोको वैठकमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी र गृहमन्त्री शक्ति बस्नेतले आफुले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

बाँकी मन्त्रीले आज आफ्नो रिपोर्टिङ गर्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ