पत्रकार विश्वकर्मामाथि भएको आक्रमणको भत्र्सना

पत्रकार विश्वकर्मामाथि भएको आक्रमणको भत्र्सना

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १२ माघ ।

नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सदस्य हिरालाल विश्वकर्मामाथि गए राति भएको आक्रमणको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

‘हिमालय टाइम्स’ दैनिकमा कार्यरत पत्रकार विश्वकर्मामाथि कार्यालयबाट घर फर्कने क्रममा सोमबार राति ९।३० बजे मध्यबानेश्वरमा केही अज्ञात व्यक्तिले आक्रमण गरेको युनियनका महासचिव अजयबाबु शिवकोटीद्वारा आज जारी जिज्ञप्तिमा जनाइएको छ ।

पाँच÷छ जनाको सङ्ख्यामा रहेका आक्रमणकारीले विश्वकर्मालाई पछाडिबाट आक्रमण गरी लडाएपछि उहाँका साथमा रहेको पर्स, केही रकम र महत्वपूर्ण कागजात समेत लुटेर लगेको विज्ञप्तिमा उल्लेख छ । घाइते विश्वकर्मालाई राति नै अस्पताल लगिएको र उहाँलाई केही दिनका लागि आरा मगर्न चिकित्सकले सल्लाह दिएको जनाइएको छ ।

युनियनले दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ