हेटाँैडा, १२ माघ ।
मकवानपुर जिल्लाको पश्चिम र उत्तरी भेगमा पर्ने सात गाविसका कृषकले आफ्नो जग्गामा लगाएको अवैध गा“जा र अफिम खेती नष्ट गरेका छन् ।
ती गाविसका विभिन्न वडाका एक हजार ५०० बिघामा लगाइएको गा“जाका बिरुवा र ३५० बिघा जग्गामा खेती गर्न राखिएको अफिमको बीउ नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
ती गाविस क्षेत्रमा अवैध गा“जा र अफिमको खेती गर्न लगाउने तथा भारतका विभिन्न सहरबाट लागुऔषधको बीउ तथा व्यापारी ल्याउने कार्यमा संलन ११ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ऐन अन्तर्गत कारबाहीको प्रक्रिया सुरु गरिसकेको प्रहरी नायब उपरीक्षक शिशु शर्माले राससलाई बताउनुभयो ।
हाल गा“जा फँडानीमा रहेका सात गाविसका साथै फापरबारी, राईगाउँ, छतिवन, शिखरपुर र चुरियामाईमा आगामी फागुन महिनाको तेस्रो सातासम्ममा गा“जा नष्ट गर्ने लक्ष्य रहेको बताइएको छ । गाँजा खेती गर्ने ती सात गाविसमा नामटार, का“कडा, सरिखेत पलाँसे, भार्ता, डाँडाखर्क, आग्रा र राक्सीराङ पर्छन् ।
प्रहरीले गाँजा खेती नष्ट गरी वैकल्पिक आयआर्जन गर्ने कार्यक्रम र अनुदान रकम उपलब्ध गराइदिन विभिन्न मन्त्रालय र स्थानीय निकायसँग अनुरोध गरेको नामटार गविस– ७ का अगुवा कृषक गोविन्द रिजालले बताउनुभयो । रासस