विधेयकमा छलफल गर्न दुई उपसमिति गठन

विधेयकमा छलफल गर्न दुई उपसमिति गठन

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ११ माघ ।

व्यवस्थापिका–संसद्, अर्थ समितिले बैंकिङ, कर्मचारी सञ्चय कोष र लेखा परीक्षण ऐन संशोधनका लागि सात–सात सदस्य रहने गरी दुई उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले बैंकिङ कसुर सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक, २०७१ र लेखा परीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ का विषयमा छलफल गर्न अर्को उपसमिति बनाउने निर्णय गरेको हो ।

व्यवस्थापिका–संसद्ले समितिमा पठाएको विधेयकलाई यथाशक्य टुङ्ग्याउन र परिष्कृत तुल्याउन उपसमिति गठन गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

गठित उपसमितिलाई विधेयकका विषयका विषयमा छलफलको विधि तथा संयोजकसमेत आफँै तोक्नका लागि निर्देशनसमेत दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी