काठमाडौ ११ माघ ।
नेपाल एलपी ग्याँस उद्योग संघले अभावको मौका छोपेर मनपरी मूल्यमा ग्याँस बेच्ने डिलरलाई कारबाही गर्ने जनाएको छ ।
७ दशमलव १ किलोग्राम ग्याँसलाई ७ सय रुपैयाँ लिनुपर्नेमा मनलाग्दी मूल्य लिएर विक्री वितरण गरेको पाइएको भन्दै संघले यस्ता डिलर तथा व्यापारीलाई कडा कारबाही गर्ने जनाएको छ ।
संघका उपाध्यक्ष गोकुल भण्डारीले आधा सिलिण्डर ग्याँसको ७ सय भन्दा बढी मूल्यमा विक्री वितरण भइरहेको जानकारी पाएमा यस्ता डिलरको बारेमा नजिकको प्रहरी वा सम्बन्धित ग्याँस उद्योगमा जानकारी गराउन उपभोक्तलाई आग्रह गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline