पोखरामा साहित्य महोत्सव हुने

पोखरामा साहित्य महोत्सव हुने

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पोखरा, ११ माघ ।

नेपाल लिटरेचर फेस्टिभलको पाँचौँ संस्करण पर्यटकीय नगरी पोखरामा आगामी माघ १५ गतेदेखि नेपाल टुरिजम बोर्डको कार्यालय परिसर, पार्दीमा हुने भएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजना एवम् ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा हुने सो साहित्य महोत्सव सम्बन्धमा जानकारी गराउने उद्देश्यले आइतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले महोत्सव तीन दिनसम्म चल्ने बताउनुभयो ।

उहाँका अनुसार सन् २०११ देखि सुरु भएको महोत्सव काठमाडौँमा हुँदै आएको र यसले साहित्यका विविध आयामका साथै दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल, बहस गर्दै आएको उल्लेख गर्नुभयो ।

महोत्सव निर्देशक अजित बरालले पर्यटकीय नगरीलाई सांस्कृतिक रुपले पनि सुन्दर बनाउन नेपाल लिटरेचर फेस्टिभल पोखरामा गर्न लागिएको बताउनुभयो ।

¥यान्डम रिडर्स सोसाइटीका उपाध्यक्ष केशवशरण लामिछानेका अनुसार फेस्टिभलमा नेपाल तथा भारतका विभिन्न लेखक तथा साहित्यकारको प्रस्तुति रहनेछ ।

साहित्य, कला, सङ्गीतका विविधपक्षमा बहस एवम् चर्चा हुने फेस्टिभलले पोखराको पर्यटनलाई केही मात्रामा भएपनि सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी