मधेस आन्दोलन केवल भारतमुखि : जनता पार्टि ।

मधेस आन्दोलन केवल भारतमुखि : जनता पार्टि ।

  • आइतवार, माघ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, १० माघ ।

मधेसी जनता पार्टिले हालै गरिएको संविधान संसोधनले मधेसी आन्दोलनको माग सम्बोधन नभएको ठहर गरेको छ ।

पार्टिका राष्ट्रिय संयोजक महेश कलवारद्धारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, यदि जो कोही मधेसी पार्टिले यो संसोधित संविधानलाई स्वागत गर्छ भने त्यो पक्ष आत्मसमर्पणवादी र चिन्तनवादी सोचवाट ग्रसित छ ।

जनता पार्टिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पनि राजनितिक आधार समाप्त भईसकेको बताउँदेै मधेस आन्दोलन अधिकार प्रप्तिभन्दा बढि सत्तामुखि, भारतमुखि भएको र आन्दोलन मधेसका लागि नभई भारतको निजि स्वार्थ पुर्तिका भएको आरोप लगाएको छ ।

यस्तै रंगेली घटनाको न्यायिक छानविनका साथै संसोधन विधेयक पारित गरेको विरुद्धमा संविधान पुनर्लेखनको जोडदार मागका साथै वर्तमान सरकारको तत्काल राजिनामाको माग गर्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

जस अनुसार माघ १५ गते बेलुका काठमाण्डौ लगायत मधेसका सम्पुर्ण जिल्लामा मसाल जुलुस गर्ने, माघ १६ गते काठमाण्डौ उपत्यका लगायत मधेसका सम्पुर्ण जिल्लामा आमहडताल गर्ने जारि विज्ञप्तिमा जनाईएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ